सेती प्रादेशिक अस्पतालमा को’रोना भाइरस परीक्षण गर्ने मेसिन जडान गरियो

कैलाली । सुदूरपश्चिम प्रदेशमा को;रोना भाइरस परीक्षण गर्ने मेसिनको जडान गर्ने कार्य सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा सो मेसिनको जडान कार्य सम्पन्न भएको हो । संघीय सरकारले चीनबाट खरिद गरे को मेसिन जडान गर्न सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

केही प्राविधिक काम सकेर आजैदेखि परीक्षण सुरु गरिने सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ। एक स्याम्पल चेक गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ । को;रोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको मेसिन आईपोनेटीक कम्प नीको भएको समेत जानकारी दिइएको छ । अस्पतालका डां जगदिश जोशीले केही प्राविधिक काम सकेपछि आज साँझसम्मबाट स्याम्पल परीक्षण सुरु हुने बताए ।

सेती प्रादेशिक अस्पताल धनगढीमा को;रोना भाइरसको संक्रमण पत्ता लगाउने उपकरण आरटी पीसीआर जडान गरिएपनि परीक्षण भने तत्काल नहुने भएको छ। परीक्षणबाट स्वाब टेस्ट गरिएका व्यक्ति संक्रमित भए/नभएको दुईदेखि तीन घण्टामा पुष्टि हुने छ। उप रकण जडानमा मलिक्युलर डाइग्नोसिस विज्ञ सुनिलप्रसाद लेखक र धनगढीमा रहेका प्राविधिक समेत संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्