काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा दो’षी द’ण्डित हुनुपर्ने बताएका छन्। को;रोना महासं’कटको बेला पनि स्वास्थ्य सामग्री खरिदमा घिन लाग्दोफ कृत्य भएकोले दो’षी द’ण्डित नभएसम्म प्रश्न गर्न नछाड्न उनले आग्रह गरेका छन्।
‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य!’ बिहीबार ट्वी’ट गर्दै थापाले भनेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाछौं। ‘उनले अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि बताएका छन्। ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं,’ उनले भनेका छन्।
सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता भएको खबरहरू आइरहेका छन्। साथै चैत २५ गतेपछि कोरोनासँग जुध्ने रणनीति के हुन्छ भन्ने उनले प्रश्न गरेका छन्। ‘सरकार, चैत २५ पछिको हाम्रो रणनीति र योजना के छ ?,’ उनले सोधेका छन्। सरकारले चैत २५ सम्म लकडाउन जारी राख्ने यसअघि नै घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्