टेकुमा उपचाररत को;रोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

२० चैत, काठमाडौं । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत को;रोना भाइरस सं’क्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘‘पोजेटिभ’’ आएको छ । दोस्रो रिपोर्ट सँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

नेपालका दोस्रो र तेस्रो को;रोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो। तर बुधबार रिपोर्ट ‘पोजेटिभ’ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका स्रोतले बताएको छ।

‘अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने छौं,’ स्रोतले बिएल नेपाली सेवालाई भन्यो, ‘उहाँहरु दुवैको स्वास्थ्य अवस्था सामान्य छ, केही त्यस्ता साइड इफेक्ट देखिएको छैन ।’ ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते को;रोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्