को’रोना नियन्त्रण कोषलाई आयल निगमले दियो ५० करोड

काठमाडौँ, चैत २० गते । नेपाल आयल निगमले को;रोना भाइरस सङ्क्रमण रोकथाम, नि’यन्त्रण तथा उपचार कोषमा रु ५० करोड सह’योग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

को;रोना भाइरसको स’ङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको तयारीका लागि सरकारले कोषको स्थापना गरेको थियो । कोषमा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन् । निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ति, भूकम्प तथा बाढी पहिरो जस्ता प्रकोपका समयमा संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी राहत तथा सहयोग गर्दै आएको छ ।

निगमले एक विज्ञप्ती जारीगर्दै को;रोना रोकथामका लागि नेपाल सरकारले गरेको र गर्ने प्रयासमा सघाउन आयल निगम प्रतिवद्ध रहेको जनाएको छ। निगमले नेपाल सरकारले को’रोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि चालेको कदममा सहयात्री बन्न पाएकोमा गौरवान्वित भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्