नेपालमा छैठौं को;रोना संक्रमित भेटिए

काठमाडौं : नेपालमा थप एक जनामा को;रोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा छैठौं को;रोना संक्रमित भेटिएको पुष्टि गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए । उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको व्यक्तिमा को;रोना पुष्टि भएको हो ।

ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले भने, ‘पछिल्लो संक्रमित पुष्टि भएको विरामी हाम्रोमा भर्ना भएको हो कि अन्तको हो थाहा छैन । हामी खोज्दैछौं ।’ क्यूआर ६५२ फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते को;रोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्