मार्सी धानको वीउ राख्दै किसान

खलङ्गा, चैत २० गते । लक डाउनले शहर ठप्प छ । तर गाउँमा किसानहरु आफ्नो खेतबारीमा रमाएका छन् । बिहीबार जुम्लाको चर्चित काली मार्सी र रातीमार्सी धानको किसानले यतिबेला वीउ राख्नमा व्यस्त भएका छन् । जुम्लामा परम्प रागत संस्कार अनुसार किसानले चैत २० गते धानको वीउ राख्ने चलन अनुसार जुम्ली किसानले खेतमा धानको वीउ राखेका हुन् ।

किसानले पुरानो संस्कार अनुसार चैत १२ गते पानीमा वीउको बोरा राखेर भिजाउने, चैत १६ गते बाहिर निकाल्ने र चैत २० गते खेतमा छर्ने चलन छ। जस अनुसार जुम्ली किसानले चैत २० गतेका दिन सधैंजसो मार्सी धानको वीउ छर्ने गरेका छन। लक डाउनको विचमा पनि किसानहरु आ–आफ्नो व्याडमा गएर वीउ छर्नमा व्यस्त थिए । चैत २० गतेको दिनलाई खस संस्कारमा बिसुवा वा बिच्छेति भनिन्छ ।

जुन धान रोप्ने दिन यहाँको संस्कारमा धान उत्पादनको आरम्भ दिनको रुपमा लिने गरिन्छ । यहाँको चलन अनुसार महिलाले मागल पुकारेसँगै सबैले चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आ—आफ्नो मान्ने कूलदेबतालाई सम्झेर चैत १२ गतेबाट वेर्ना राख्ने गरिएको जानकारहरु बताउँछन्। चन्दननाथ नगरपालिका २ खोलिकोटका ४६ वर्षीय किसान धनबहादुर बुढ्थापाले परम्परादेखि चैत २० गते मार्सीको वीउ छर्ने चलन रहेको बताउनुभयो ।

जुम्लामा मार्सी घान खेतीको लागि चन्दन नाथ बाबाले दिएको उपदेशको आधारमा कर्णालीमा घान खेतीको सुरुवात गरेको बताइन्छ । श्री साक्के ९६३ अथात बि.स १०९८ सालमा जुम्लामा धान खेती सुरुवात गरेको इति हास छ भने पुरै विशाल खस सिंजाराज्य भरी बि.स १११२ सालमा धानको खेती लगाएको इतिहास रहेकोछ । चन्दननाथ बाबाको उपदेश अनुसार चैत १२ गते विभिन्न तरिकाले वीउ राखेर २० गते व्याडमा लगेर साथै आफन्त र छोरी कुटुम्ब लाई बोलाई मिठो भोजन गर्नु भने अनुसार नै गर्ने गरिएको छ । चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ ।

प्रतिक्रिया दिनुहोस्