कतार एयरलाइन्सबाट नेपाल आएका ३ जनामा को’रोना भाइरस पुष्टि

काठमाडौं । कतार एयरलाइन्सको जहाज मार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा को;रोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा को;रोनाको संक्रमण रहेको पुष्टि भएसँगै सो विमानमा नेपाल आउने मध्ये तीन जनामा को;रोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा को;रोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमित बारे मन्त्रालयले थप जानकारी दिएकाे छ । चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा उनीहरु नेपाल आएका थिए भने सो विमानमा २०५ जना यात्रु थिए ।

यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी एक युवतीमा को;रोना पुष्टि भएको थियो। १०गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी थिइन। यस्तै शनिबार पनि सोही बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो । कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्