मास्क आफैं बनाउन सकिन्छ भन्दै भारत सरकारले चित्रमा सिकायो तरिका

एजेन्सी : को;रोना भाइरस ‘कोभिड १९’ को त्राससँगै गतहप्ताको बुधबारदेखि भारत २१ दिनसम्म लकडाउन गरिएको छ । यस बीचमा सार्वजनिक सवारी चल्न दिइएको छैन। उद्योग, कारखान, होटल तथा व्यवसाय सबै ठप्प छ। सबैलाई घरभित्रै बस्न आग्रह गरिएको छ। यसबीचमा भारत सरकारले मास्क घरमै बनाउन सकिन्छ भन्दै चित्रहरु सार्वजनिक गरेको छ।

जहाँ मास्क घरमै बनाउन सकिने तरिका सिकाइएको छ। कोरोना संक्रमितबाट जोगिन र कोरोना संक्रमण फैल्याउन नदिन मास्कको प्रयोगले महत्वपूर्ण मानिन्छ। भारतमा मास्कको अभाव हुँदै गएको भन्ने खबरबीच भारतको विज्ञान तथा प्रविधि मन्त्रालयले घरमै दोहो र्याउँदै प्रयोग गर्न सकिने मास्क निर्माण गर्ने तरिका चित्रमार्फत सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्