मजदुरहरुलाई ६ महिना म एक्लै पाल्छु : मेयर देवकुमार नेपाली

काठमाडौं : गरिव मजदुरहरुका लागि ‘मनकारी मेयर’ भनेर चिनिन थालेका बाग्लुङ्ख ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले को;रोना भाईरसको सन्त्रास पछि लक डाउनका कारण ढोर पाटनका मजदुरहरु काम नपाएर भोकै बस्ने अवस्था आए आफू एक्लैले ६ महिना पाल्ने घोषणा गरेका छन् ।

‘यो विकट थलो हो । यहाँका अधिकांश गरिव दलित जनजातीहरु दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउँदै आएका छन् । अहिले उनीहरुको काम गर्न नपाएर छाक अ’ड्किने अवस्था छ । मैले ब्यक्ति गत रुपमा ढोरपाटनका करिव सय जना मजदुरहरुलाई बोलाएर एकएक बोरा चामल , दाल , तेल , नुन चिनी तरकारी बाँढ्दै छु । नगरपालिकाको तर्फबाट थप राहत प्याकेजको घोषणा पनि गरिने छ’, मेयर नेपालीको भनाई छ ।

उनले ढोरपाटनका सम्पुर्ण ब्यापारिहरुलाई बोलाएर उनीहरु संग रहेका सम्पुर्ण खाद्य वस्तु आफुले खरिद गरि स्टक राखेर भोलीको सम्भावित अभाव पुर्ति गर्ने योजना समेत रहेको बताए । स्थानीय सरकार प्रदेश र केन्द्र सरकारले पनि मजदुरहरुलाई राहत वितरण गर्ने भन्दै उनले त्यसले पनि मजदुर वर्गको अभाव पुर्ति हुन नसके नगरका मजदुर वर्गलाई भोकै मर्न नदिने बताए ।

‘मैले कमाएको सम्पत्ती विपदमा परेको बेला तिनै मजदुर वर्गकै लागि हो , मैले मेरो सम्पत्तिलाई निजी ठानेको छैन्’, उनको भनाई छ । मेयर नेपालीले वुर्तिबाङ्ख देखि पोखरा र काठमाडांैमा रहेका आफ्ना घरमा बस्ने ब्यक्ति र विभिन्न संस्थालाई एक महिनाको कुल ९ लाख ६५ हजार भाडा छुट गरि दिएको समेत बताए । उनले काठमाडौको सुकेधारा, पोखराको पृथ्वीचोक, सृजनाचोक र रत्नचोक सहित १४ वटा वित्तिय र अन्य ब्यवसायिक संघ संस्थाहरुले भाडामा लिएका आफ्ना घरको भाडा छुट गरि दिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्