देशभर वर्षा र हिमपातको सम्भावना : यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाण्डाै:आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसम विद्ले बताएका छन। पश्चिमी वायुको असरले काठमाण्डाै सहित देशका विभिन्न ठाउँमा पानी र हिउँपर्ने मौसम विद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।

बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने उहाँले बताउनु भयो । तर लगातार झरीको सम्भावना भने छैन । आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भा वना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् मानन्धरले जानकारी दिनु भयो । यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (बिहिबार): दिउँसो देशको मध्य तथा पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भूभागका केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी-हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।राति देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

मध्य तथा पश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भूभागका थोरै स्थानहमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ३ गते (शुक्रबार) : दिउँसो देशको मध्य तथा पुर्वी भूभागमा सामान्य देखि पुर्ण बदली रहनेछ। साथै पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।राति देशभर आंशिक देखी सामान्य बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ।

माघ ४ गते (शनिबार) : दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागमा थोरै स्थानमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक बदलि भइ देशका एक दुइ स्थानमा हल्का बर्षा हुन सक्ने संभाबना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : देशका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिम पातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नु हुन सर्वसाधारण जनताहरुलाइ अनुरोध छ। श्रोत मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया दिनुहोस्