परदेशीको जीवन : कमाउँदा सबैको हाई हाई, दुःख पर्दा कोही न कोही

कृष्ण ढुङ्गाना, हाल मलेसिया । अहिले म मलेसियामा छु । को;रोनाको त्रास नहुँदा त काहाली लाग्दो यो परदेशमा झन् को;रोना थपिएको छ। डरको के कुरा गर्नु ? भागेर जाउँ कुन ठाउँ जाउँ, कोरोना नपुगेको सहर नै छैन। मनमा कोरो नाको डर बोकेर काम गर्नुपर्दा त जिन्दगीकै भर छैन, के दुःख गर्नु झैं लाग्ने । संसारभर फैलिएको को;रोनाको तथ्याँक हेर्छु अनि नेपाली धेरै भएको देशको हेर्छु ।

सबैभन्दा धेरै त मलेसियामा सङ्क्रमितको सङ्ख्या पो रहेछ ।अहिले खाडीका देशको तुलनामा मलेसियामा को;रोना सङक्रमितको सङ्ख्या धेरै छ । यो सङ्ख्याले पनि सातो लगेको छ अहिले त । म मात्र हो र, मेरा साथीहरुको पनि मलेसियामा को;रोना सङ्क्र मितको सङ्ख्या बढेजस्तै मुटुको धड्कन पनि बढेको छ । अझ मेरो त कम्पनीमा काम पनि चलिरहेको छ ।

काम नगरौं कम्पनीको डर, काम गरौं को;रानोको डर । यो अवस्थामा काम गर्नुपर्दा त सङ्क्रमित भइन्छ कि झैं लाग्दोरहेछ । यस्तो कुरा सोचेर परदेशमा आफूले आफूलाई कमजोर त बनाउन हुँदैन । तर केही भइ हाल्यो भने के गर्ने परदेशको ठाउँ भन्ने लाग्छ । मन पोलिरहन्छ । तर संसारभर यसको त्रास बढ्दा म यस्तो नसोची पनि कसरी बस्न सक्छु र ।

यस्तो बेला घर पनि कसरी फर्कनु । फर्कने उपाय पनि त छैन। संसार कोरोनासँग लडिरहेको छ । योबेला परदेशमा हुनेलाई सरकारले गरेको बेवास्ता देख्दा त साह्रै रीस उठ्छ नि । हाम्रै कमाइले देश चलेको छ । यस्तै रहेछ परदेशी जीवन, कमाउँदा हाई हाई दुःख पर्दा कोही न कोही ।

प्रतिक्रिया दिनुहोस्