को’रोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई

काठमाडौं। सरकारले को;रोना भाइरस (को;भिड–१९) का लागि औषधी र उपकरण खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ। ओम्नी कम्पनीसँगको ठेक्का रद्द गरेपछि उपकरण र औषधि खरिदको जिम्मेवारी नेपाली सेनालाई दिएको हो । मन्त्रिपरिषद्को १६ चैतको बैठकको निर्णय भन्दै विहिबार साँझ रक्षामन्त्रालयलाई गरिएको पत्रचारमा सो सरकार/सरकार (जिटुजी) मार्फत खरिद गरिने र त्यसको समन्वय नेपाली सेनाले गर्ने उल्लेख छ ।

बिहीबार को;भिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता अर्थमन्त्री तथा सूचनामन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य उपचार, स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिएको बताएका थिए । बुधबार सरकारले अत्यावश्कयक मेडिकल सामग्री खरिदको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो।

सरकारले हालै चीनबाट खरिद गरी ल्याएको मेडिकल सामग्रीमा अनियमतिता भएको भन्दै व्यापक आलोचना भए पछि सेनालाई अघि सारिएको हो । सेनाले गर्ने खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउँदैन । सम्झौतामा उल्लख गरे जति सामग्री नल्याएको र ल्याउने सम्भावना नरहेको भन्दै सरकारले बुधाबार ओम्नी ग्रुपको ओबिसिआईसँग सम्झौता रद्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस्