जन्म कै’दको फैसला सुनाइएका रेशम चौधरी छिट्टै छुट्ने

काठमाडौं : सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्प कमल दाहालले टीकापुर घ’टनामा जन्म कै’दको फै’सला सुनाइएका निल’म्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडि खेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घ’टनाका मु’द्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम केही समय भित्रै निस्कने जिकिर पनि गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

उनले भने, ‘टीकापुर घ’टनाको सन्दर्भमा झुटा मु’द्दा खारेज गर्नुपर्‍यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ। कतिपय साथी छुटेका छन्। रेशम लगायत साथीहरू छुट्न बाँकी छ । छुटाइन्छ हेर्नुहोला, केही समय भित्र यसको परिणाम निस्कन्छ।’ ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दो’लनरत थरुहट र सुरक्षाकर्मी बीचको झ’डपमा प्रहरीका एक एसपी सहित सात सुरक्षाकर्मी र एक बालकको ज्या’न गएको थियो।

त्यही अभियोगमा चौधरी लगायत वि’रुद्द कैलाली जिल्ला अदालतमा परेको मु’द्दामा अदालतले दो’षी ठहरगर्दै चौधरी लगायत ११ जनालाई जन्म कै’द, १२ जनालाई ३ वर्ष जे’ल, एक जनालाई ६ महिना जे’ल र तीन जनालाई सफाइ हुने फैसला सुनाएको थियो। मुलुकी ऐन ज्या’न सम्बन्धी महलको १३ ९३० बमोजिम जन्म कै’द ठहर गरेको थियो। कैलाली अदालतको फैसला पुनरावेदनका लागि चौधरी लगायत उच्च अदालत दिपायल गएका छन्।

उनको मुद्दा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा चलिरहेको छ। मु’द्दाको पेसी ७ माघका लागि तोकिएको छ। ‘रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतले भारतको दिल्लीमा भेटेर के हो तपाईंको कुरा राख्नुहोस् भन्ने पहिलो व्यक्ति प्रचण्ड थियो भन्ने तपाईंहरूले नबिर्सनु होला। प्रधानमन्त्रीको हैसियतले मैले भेटेको हुँ’, दाहालले टुँडिखेलमा भने, ‘तपाइँहरुले के बिर्सन पाउनु हुन्न भने डिल्लीबजार खोरमा गएर रेशमलाई भेट्ने पनि मै हुँ भन्ने बुझि राख्नुस्।

सभामुख, सरकार र पार्टीलाई भनेर कम्तीमा पनि रेशलाई शपथ गराउनु पर्छ, माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे पनि म हुँ भन्ने नबिर्सनु होला।’चौधरी राजपाका तर्फबाट कैलाली १ बाट प्रतिनिधि सभामा विजयी भएका हुन्। ०७५ पुस १९ मा चौधरीलाई डिल्लीबजार सदरखोरबाट सिंहदरबारमा ल्याएर तत्कालीन सभामुख कृष्णबहादुर महराले सांसदको शपथ खुवाएका थिए। थरुहट र राजपाले चौधरी लगायत टीकापुर घ’टनामा मु’द्दा लागेका माथिको मुद्दा फिर्ता लिन र उनलाई रिहा गर्न सरकार माथि दबाब बढाइरहेका बेला सरकारकै नेतृत्व गरिरहेको दल नेकपा अध्यक्ष दाहालले उनी छिट्टै छुट्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्