कतार एयरवेजबाट चैत ४ गते नेपाल आएका ३ जनामा को’रोना भेटिएपछि अन्य यात्रुको खोजी तीब्र !

काठमाडौं । दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते ९मार्च १७० नेपाल आएका तीन व्यक्तिमा को;रोना भाइरस स’ङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले स’म्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ । कतार एयरको ४ गतेको फ्लाइट क्यूआर ६५२ मा सवार बाँकी १७ जनाको खोजी कार्य जारी रहेको छ ।

“त्यसमा ४८ जिल्लाका नागरिकले यात्रा गरिरहेको तथ्य फेला पारिसकेका छौंँ”, उनले थपे, “सबैलाई सम्पर्कमा आउन आग्रह गरेका छौँ । नआएकाहरूको खोजी हुँदैछ ।’’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले सङ्क्रमित तीनै जना महिला सोही विमानबाट दोहाबाट काठमाडौँ आएको कुरा यसअघि नै पुष्टि भइसकेकाले र त्यसमा सवार १५८ मध्ये १४० जना सम्पर्कमा आएको बताए ।

त्यस्तै यूएईबाट एयर अरवियाको फ्लाइट जी ९५३७ विमानबाट चैत ६ गते ९मार्च १९० काठमाडौँ आएका धादिङका एक पुरुषमा को;रोना सङ्क्रमण पुष्टि भएपछि त्यसमा सवार १७० मध्ये १३१ जना सम्पर्कमा आएकाे समाचार आजको गोरखापत्र दैनिक छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्