पल्सर एनएस १६० को पावरमा व्यापक वृद्धि, मूल्यमा कति फरक

काठमाडौं । बजाज अटोले पल्सर एनएस १६० नयाँ प्रदुषण मापद’ण्ड बीएस ६ अनुसारको इन्जिनमा सार्वजनिक गरेको छ । नयाँ एनएस १६० मा एफआई इन्जिनको साथमा पहिले भन्दा उत्कृष्ट थ्रोटल रेस्पोन्स सहित आएको हो । कम्पनीले यसमा १६०.३ सीसी सिंगल सिलिण्डर, आयल कुल्ड, फियुल इन्जेक्सन इन्जिन दिएको छ ।

उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १७.२ पीएस पावर जेनेरेट गर्छ । यो पहिलेभन्दा करिब २ पीएस बढी हो। साथै नयाँ इन्जिनले ७२५० आरपीएममा १४.६ एनएम टर्क प्रदान गर्छ । अहिलेसम्म सबै कम्पनीले प्रदुषण मापदण्ड अपग्रेड गर्दा पावर घटेको थियो । तर, बजाजले यसमा भने धेरै पावर बढाउन सफल भएको छ । भारतमा पुरानो बीएस ४ भन्दा करिब १० हजार भारतीय रुपैयाँले मूल्य बढेर नयाँ पल्सर एनएस १६० सार्वजनिक भएको हो ।

डायमेन्सनमा पनि केही हल्का फुल्का परिमार्जन गरिएको छ । नयाँ मोटर साइकललको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाई १०६० एमएम रहेको छ भने यसको ह्वीलवेस १३७२ एमएम रहेको छ । इन्जिन बाहेक यसका अन्य फिचरमा खासै परिमा र्जन गरिएको छैन । यसमा हेलोजीन हेडलाइट, सेमी डिजिटल इन्ट्रुमेन्टल कन्सोल, मस्कुलर फियुल ट्याङ्क, स्प्लीट सिट, स्प्लीट रियर ग्रायाव रेल, इन्जिन कौल,अलोय ह्वील, अगाडि एन्टी फिक्सन बुसको साथ टेलिस्कोपिक सस्पेन्सन र पछाडि निट्रोक्स मोनोशक एब्जर्बर दिइएको छ ।

मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई चु’स्त बनाउन अगाडि चक्कामा २६० एमएम डिस्क र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । नेपालमा पनि बजाजको आधिकारीक वितरक एचएच बजाजले एबीएस सहितको एनएस पल्सर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । तर, नेपालमा बिक्री हुँदै आएको पल्सर एनएस १६० भारतीय प्रदुषण माप द’ण्ड बीएस ४ अनुसारको हो । मेरो अटो बाट साभार

प्रतिक्रिया दिनुहोस्