भारतीय प्रधानमन्त्रीको आह्वानः आइतबार बेलुका ९ बजे ९ मिनेट मैनबत्ती बालौं

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने आइतबार बेलुका ९ बजे देशभर सबै जनालाई एकैसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोवाइलको फ्ल्यास लाइट बाली घरको ढोका वा बालकोनीमा ९ मिनेटसम्म टाढाटाढा उभिन अनुरोध गरेका छन्। शुक्रबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै उनले यो आग्रह गरेका छन्।

को;रोना भाइरसको संक्रमण विरुद्धको ल’डाईमा सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै, मोदीले यसलाई सबैको ऐक्यवद्धताको रुपमा अर्थ्याएका छन्। ‘यसको एउटै उद्देश्य हो– हामी सबै एकसाथ लडिरहेका छौं,’ उनले भनेका छन्। ‘१३० करोड देश वासीको संकल्पलाई थप नयाँ उचाईमा लैजानका लागि यो गर्नुछ।’ उनले यो बेला हरेक व्यक्ति टाढा रहेर दूरी कायम गर्ने अनुशासनलाई कुनै हालतमा उल्लंघन नगर्न अनुरोध गरेका छन्।

भारतमा काे’राेना संक्रमित र त्यसका कारण मृ’त्यु हुनेकाे संख्या निरन्तर बढिरहेका कारण ठूलाे जनसंख्या रहेकाे साे मुलुकमा यसले ठूलाे महामारीकाे रुप लिने हाे कि भन्ने सन्त्रास कायम छ। अहिलेसम्म काे’राेनाबाट भारतभर झन्डै १ हजार ८०० स‌ंक्रमित भएकाे र ५० जनाभन्दा बढिकाे ज्या’न गइसकेकाे छ।

प्रतिक्रिया दिनुहोस्