यी हुन् जोखिम मोलेर बिरामीलाई घरैमा सेवा दिने गाउँपालिका अध्यक्ष

तेह्रथुम : बिश्वब्यापी रुपमा फैलिएको को;रोना भाईसरका कारण देश संक्रमण अबश्था रहेको बेला नागरिकहरुलाई सेवा लिन मु’स्कील बन्दै आएको छ । कतिपय ठाउमा एम्बुलेन्सले बिरामी समेत बोक्न नमानेको खबर बाहिरि रहेका छन् ।सरकारले लगाएको लकडाउनको अबश्थामा बिरामीलाई स्वास्थ्य संस्थामा सम्म पुग्न पनी जोखीम बनेको छ ।

गाउँमा नागरिक बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था सम्म पुग्न भाईरसका कारण लगाइएको लकडाउने अझ मुस्कील बन्दै आएको छ । नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै तेह्रथुमको छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बु जोखिम मोलेर स्वास्थ्यकर्मीको टोली लिएर नागरिकहरुको घरैमा पुगेर सेवा दिँदै आएका छन । अध्यक्ष लिम्बु यतीबेला बिरामी नागरिकहरुलाई सेवा दिन आफ्नै गाडीमा स्वास्थ्यकर्मीको टोली सहित पुग्ने गरेको बताउँनु हुन्छ।

जटिल तथा आकस्मीक बिरामी रहेको स्थानमा अध्यक्ष आफै पुग्दै आएका छन। सामान्य बिरामी भएको नागरिकहरुलाइै सेवा दिन स्वास्थ्य कर्मीहरु परिचाल गर्दै आएका छन । अहिले सम्म छथर गाउँ पालिका वडा नम्बर १ आङदिममा २ जना वडा ३ पञ्चकन्यामा २ जना र वडा नम्बर ५ ओख्रेमा ३ जना गरी ७ जना बिरामीको घरैमा पुगी सेवा दिनुको साथै पुर्बका बिभीन्न अपस्तालहरुमा रिफर गरेको अध्यक्ष लिम्बुले बताउनु भयो । सामान्य बिरामीहरुलाई छथर अस्पतालबाटै सेवा दिई रहेको र जटिल अबश्थामा रहेका बिरा मीलाई रिफर गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्