प्राविधिकलाई पल शाहको ५ लाख सहयोग

काठमाडौं । कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा को;रोना संक्रमण पोजेटिभ देखिएको छ। शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा को’रोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ। को’राना संक्रमणको पहिलो परीक्षणपछि थप परीक्षणका लागि ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा.बुद्धि थापाले जानकारी दिए ।

तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ।यो विषयमा थप पुष्टि गर्न ४ बजेको स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस रिलिज कुरिरहेको समेत डा.थापाले बताए। उनले अहिले यसबारेमा केही बोल्न नमिल्ने बताए । गण्डकी प्रदेशबाट को;राना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो ।

जसमध्ये ४३ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । यसअघि विदेशबाट फर्किएका ६ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । शुक्रबार मात्र कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्