आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको भन्दै प्रधानमन्त्री आक्रोशित

काठमाडौं । स्वार्थ समूहको प्रभावमा आफूलाई छ’क्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आक्रोशित भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा पाउनासाथ ओम्नी समूहसँगको सम्झौता तोडेका थिए ।

अचम्म त तीन घण्टा मात्र बोलपत्र आह्वान गरेर सम्झौताको जिम्मा दिइएको थियो । महँगो रेटमा सामग्री खरिद गर्ने देखि कहिल्यै स्वास्थ्य सामग्री आपूर्ति नगरेका कम्पनीलाई कमिसनका आधारमा खरिदको जिम्मा दिइएको भन्दै त्यसपछि विवाद सुरु भएको थियो ।खरिद प्रकरणको विरोध हुन थालेपछि मात्र यस विषयमा प्रधानमन्त्रीले चासो देखाएका थिए ।

मि’र्गौला प्र’त्या’रोपण पछि आराम गरिरहेका प्रधानमन्त्री ओली त्यति बेला झस्किए जति बेला खरिद प्रकरण भित्र आफ्नै सचिवालयका सल्लाहकार देखि मन्त्रीसम्म संलग्न रहेको जानकारी पाए । उनले १६ चैतको मन्त्रिपरिषद् बैठकमा यसबारे के भएको भन्दै सोधी खोजी गरेका थिए । ‘स्वास्थ्य उप’करण खरिदका सन्दर्भमा भएको के हो रु बाहिर अनेक कुरा किन आइरहेका छन् रु भ्र’ष्टाचार भयो भनेर त्यो विषय कसरी उठ्यो रु प्रश्न उठ्नुका कारण के हुन् रु ’, प्रधानमन्त्रीले खरिद प्रकरणमा संलग्न मन्त्रीहरूलाई ¥याख ¥याख्ती पारे ।

आफूलाई गुमराहमा राखेर खरिद प्रकरण भित्र आर्थिक अनियमितताको खेल रचेको तथ्य सहितको सूचना पाएपछि उनले यो विषयमा ग’म्भीर अध्ययन सुरु गरेको मन्त्रिपरिपद् बैठकमै भनेका थिए । स्रोतका अनुसार उनले खरिद प्र’करणमा बदनियत देखिएपछि र आफ्नै भन्ने नेताहरूले आफैंलाई गुमाराहमा राखेको तथ्य पाएपछि बुधबार उनले ओम्नीसँगको सम्झौता खारेज गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्