रुसले पठायो अमेरिकामा मेडिकल सामग्री सहितको विमान, अमेरिकीहरूले दिए धन्यवाद

एजेन्सी, बिबिसी । अमेरिका र रुसबीचको समबन्धमा विगतमा थुप्रैपटक उतार चढाव आए । यसवेला भने कोरोना भाइरस महामारीको चपेटामा विगतका ति’क्तता बिर्सेर यी दुई देश बीच सम्बन्ध प्रगाढ भइरहेको बताइएको छ । बिबिसीका अनुसार हालै मात्र अमेरिकाको सबैभन्दा बढी को;रोना प्रभावित न्युयोर्कमा रुसले मेडिकल सामानहरू आपूर्ति गरेकाे छ, जसलाई रूसी जनताको तर्फबाट ‘प्रेमस्वरूप’ अभियानको हिस्साका रूपमा वर्णन गरिएको छ ।

मार्चको अन्त्यमा रूसले एक कार्गो विमान इटालीमा पनि पठाएको थियो। चिकित्सा सामग्रीका साथै १०० रूसी सैनिक तथा डाक्टर पनि इटाली पुगे। रूसी मिडियाले आफ्नो सरकारको यो उदारताको प्रंशसा गरे । यो प्रश्न पनि उठेको छ कि रूसले सं’कटको घडी मा मद्दत गर्ने नाउँमा कतै फाइदा लिइरहेको त छैन ? अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक ट्वी’ट गर्दै भनेका छन् कि अमेरिकाले रुसद्वारा आपूर्ति गरिएका मेडिकल सामानको भुक्तानी दिइसकेको छ ।

साथै उनले यो पनि भनेका छन् ‘हामी (रुस र अमेरिका) को;भिड १९ महामारी पराजित गर्नका लागि मिलेर काम गरि रहेका छौं । अमेरिकाका अनुसार दुई देशका राष्ट्रपतिहरु बीच फोन वार्ता लापमा चिकित्सा सामग्रीको आपूर्तिमा हालसालै एक सहमति भएको थियो । यसैबीच रूसको परराष्ट्र मन्त्रालयले भनेको छ कि अमेरिकाले आधा सामानको भुक्तानी गरिसकेको छ भने आधा सामान रूसले अनुदानमा उपलब्ध गराएको हो ।

यद्यपि यो आपूर्तिलाई रूसी टिभी च्यानलहरुले अमेरिकालाई गरेको सहयोगको रूपमा प्रचार गरेका छन्, जहाँ भुक्तानीको कुनै कुरा उल्लेख छैन । रसियाको सब भन्दा ठूलो मिडिया समूहमध्ये गजप्रोम मिडियाको एनटी भीको रिपोर्टमा भनिएको छ कि अमेरिकाको जोन एफ केनेडी एयरपोर्टमा रूसी जहाज देखेर साे विमानस्थलमा कार्यरत कर्मचारी उत्साहित थिए । उनीहरुले विमानसँग सेल्फी खिचेका थिए ।

जहाजका पाइलट र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई धन्यवाद समेत दिए । पछिल्लो समय न्यूयोर्क शहर विश्व महामारीको केन्द्र बनिरहेको छ । त्यहाँ ३ हजार भन्दा बढीले ज्या’न गुमाएका छन् भने अमेरिका भरि ज्या’न गुमाउनेको संख्या ७ हजार नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । हाल अमेरिकामा पौने तीन लाख मानिसमा कोरोना सं’क्रमण फैलिसकेको छ ।

रुसले भने को;रोना भाइरस संक्रमणलाई रोक्न कडा लकडाउन जारी गरेको छ । पछिल्लो एक दिनमा रुसमा ६०१ नयाँ संक्रमित भेटिएसँगै त्यहाँ कुल ४ हजार १४९ जनामा को;रोना भाइरस संक्रमण फैलिएको छ । ३४ जनाको को;रोनाका कारण मृ’त्यु भइसके को छ । (बिबिसी हिन्दीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्