उत्तर कोरियामा कोही पनि को’रोना संक्रमित नभएको दाबी !

इबेट टेन/ बीबीसी : उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि को;रोना भाइरसद्वारा संक्रमित नभएको दाबी गरेको छ। यो दाबीमाथि अब शंका बढ्दै गएपछि प्रश्न उठ्न थालेको छ । उत्तर कोरियाले सीमा बन्द गर्ने आफ्नो क’ठोर निर्ण यका कारण को;रोना भाइरस आफ्नो देशसम्म नआइपुगेको बताउँदै आएको छ ।

तर दक्षिण कोरियामा अमेरिकी सेनाका वरिष्ठ कमान्डरले उत्तर कोरियाको यो दा’बीलाई झुटो र असम्भव बताएका छन् । यद्यपि, उत्तर कोरियाका एक विशेषज्ञले बीबीसी सँगको कुराकानीमा त्यहाँ संक्रमित नै छैनन् भन्नु गलत भएको बताउँदै ठूलो स्तरमा सं’क्रमण फैलने आशंका भने कम भएको बताएका छन् ।

जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार हालसम्म संसारभरी को;रोना भाइरसको संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने ५३ हजार ६९ को मृ’त्यु भइसकेको छ। उत्तर कोरियामा सेन्ट्रल एन्टी–एपिडेमिक मुख्यालका निर्देशक पाक म्योङ–सूले शुक्रबार समाचार एजेन्सी एएफपीसँग भने, ‘उत्तर कोरियामा अहिलेसम्म एकजना व्यक्ति पनि संक्रमित छैनन् । ’

उनले थपे, ‘हामीले संक्रमण रोक्नका लागि पहिले देखि नै सक्रिय र वैज्ञानिक कदम उठाएका छौं । जस्तै विदेशबाट आएका व्यक्तिहरुको खोजी र उनीहरुलाई क्वारेन्टिनमा राख्नु । हामीले सबै सामानलाई पूर्ण रुपमा स्यानि टाइज गर्यौं, आफ्ना सबै जल, थल र वायु सीमालाई बन्द गर्यौं ।’

प्रतिक्रिया दिनुहोस्