नेपालमा एकै पटक भेटिए तीनजना को’रोना संक्रमित

काठमाडौं: नेपालमा एकैसाथ तीन जनामा को;रोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा को;रोना भाइरस (को’भिड -१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्।

मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी आफन्त हुन्। यससँगै स्थानीयस्तरमै पनि को;रोना संक्रमण देखिएको हो। ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो । पहिलो पटक नेपालमै बसेकामा पनि को;रोना भाइरसको संक्रमण देखिन थालेको हो। आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ। २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ।

क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ को;रोना पुष्टि भएको हो। त्यसैगरी नवौँ संक्रमण कञ्‍चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो।उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो। तीनै जनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ। को;रोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्