पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा को’रोना सरेको पुष्टि !

काठमाडौं : पहिलो पटक नेपाल भित्रै को;रोना संक्रमण सरेको पुष्टि भएको छ। यसअघि विदेशबाट नेपाल आएका व्यक्तिमा मात्र को;रोना पुष्टि भएको थियो। शनिबार नेपालभित्रै को;रोना सरेको पुष्टि भएको हो । दुवईबाट भारत हुँदै नेपाल फर्किएका कैलाली धनगढीका ३४ वर्षीय पुरुष को;रोना आशंकामा चैत ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना भएका थिए।

उनमा चैत १४ गते को;रोना पुष्टि भएको थियो। शनिबार उन कै परिवारकी आफन्त ३४ वर्षकै महिलामा को;रोना सरेको पुष्टि भएको हो । शनिबार मात्र सेती प्रादेशिक अस्पतालमा तीन जनामा को;रोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेज मार्फत् जानकारी गराएको छ। मन्त्रालयले भनेको छ, ‘योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा को;रोना संक्र’मण भएको पनि पुष्टि भएको छ ।’

पहिलो पटक नेपालमै सरेकी ३४ वर्षीया महिला, मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र भारतकै उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा शनिबार सेती प्रादेशिक अस्पतालमा को;रोना पुष्टि भएको हो। शनिबार तीनजनामा को;रोना पुष्टि भएसँगै नेपालमा सं’क्रमितको संख्या ९ पुगेको छ। चार जनाको धनगढीको सेती प्रादेशिक अस्पताल, दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु र दुई जनाको बागलुङमा उपचार भइराखेको छ।

प्रतिक्रिया दिनुहोस्