काठमाडौँ, २२ चैत । को;रोना भाइरस (काे’भिड -१९) का कारण निधन भएकाहरूको सम्झनामा चीनले आज (शनिबार) राष्ट्रिय शोक मनाएकाे छ । चीनमा सं’क्रामक रोग कोरोना भाइरसका कारण ज्यान गुमाएकाहरुको सम्मानमा आज देशैभर ३ मिनेट मौनधारण गरेर सम्झना गरिएको हो ।
जसमा त्यहाँका राष्ट्रपति, सेना, सरकारी अधिकारी तथा नागरिकहरू सहभागी भएका छन् । चिनियाँ समाचार एजेन्सीहरुले जनाए अनुसार आज बिहान (स्थानीय समय) १० बजे चीनभरिका सर्वसाधारणहरु उभिएर ३ मिनेट मौनधारण गरेका हुन् । साथै मोटर कार रेल तथा पानीजहाजहरुले सोही समयमा साइरन बजाएको जनाइएको छ ।
चीनका राष्ट्रपति शी चनिफिङसहित चिनिया कम्युनिष्ट पार्टीका उच्च नेताहरु ली केकियांग, ली झान्शु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी,हान झेङलगायतले बिहान १० बेइजिङस्थित ‘तियनानमेन (Tian’anmen) स्वायर’मा तीन मिनेट मौन धारण गरेको सिन्ह्वा ले जनाएको छ । सो क्रममा उनीहरूले सेता फूलहरू छातीमा टाँसेका थिए भने आधा झुकाइएको राष्ट्रिय झण्डाको अगाडि मौन श्रद्धाञ्जली अर्पण गरे ।
प्रतिक्रिया दिनुहोस्