हेर्नुहोस आजको राशिफल : वि.सं. २०७६ साल चैत्र २३ गते । आईतबार ।

काठमाडौं : वि.सं.२०७६ साल चैत्र २३ गते। आईतबार । ईश्वी सन् २०२० अप्रिल ०५ तारिख । नेपाल संवत् ११४०। परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– द्वादशी,२५ घडी ११ पला ,दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– मघा,१४ घडी २७ पला,मध्यान्ह ११ बजेर ३९ मिनेट उप्रान्त पूर्वाफाल्गुनी ।

योग– गंड,४७ घडी १८ पला,रातको १२ बजेर ४७ मिनेट उप्रान्त वृद्धि । करण– वालव, दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर ५० मिनेट उप्रान्त बव तैतिल । आनन्दादिमा– मुद्गर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर ५२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर २२ मिनेट । दिनमान ३१ घडी १७ पला ।

मेष : पढाइ लेखाइमा सुधार भएर जानेछ । शिक्षा क्षेत्रमा गरीएको लगानीमा मन्दि आउँनाले दैनिकी प्रभावित हुने छ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुने छ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

बृष : कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकै नै संघर्ष गर्नुपर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

मिथुन : पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहने छ । दाजु भाई तथा आफन्त सँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जाने छ । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । भिडभाडको यात्रा नगर्नु नै उत्तम रहनेछ ।

कर्कट : सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जानेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउँने छ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्ने छन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

सिंह : कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ। माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ। पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या : अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ। मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नु पर्नेछ । आफन्त तथा परिवारजन तपार्ईँदेखि टाडिन सक्छन् । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला : पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । शिक्षामा भने जस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । तर पनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बृश्चिक : राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।

धनु : महत्वपुर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्ने छ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्ने छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मकर : व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी विच घरायसि कुरामा विवाद सिर्जना हुनेछ। गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

कुम्भ : अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिने छ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्ने छन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मीन : बादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरु थाती रहने छन् । प्रेममा सामिप्यता बढेर जाने छ । पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जाने छ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला । तपाइको दिन शुभ रहोस

प्रतिक्रिया दिनुहोस्