को’रोना भाइरसको नियन्त्रणमा खटिने सेना-प्रहरीलाई शत प्रतिशतसम्म भत्ता

काठमाडौं : को;रोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शत प्रतिशत सम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्च देखि शुरु तलबमान अनुसार शत प्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार को;रोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् ।

यसैगरी पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) लगाएर पेसेन्ट रिसिभिङ टिम (पीआरटी)मा काम गर्नेहरूलाई सरकारले शत प्रतिशत भत्ता दिने भएको छ । संक्रमित तथा शं’कास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पीआरसी गठन गरेको हो । त्यस्तै, पीपीई नलगाई पीआरटीमा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् ।

ड्युटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजा खर्च पाउनेछन् । त्यसका लागि कार्यालय प्रमुखले ड्रयुटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो भत्ता हिनामिना नहोस् भनेर सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ। सरकार को निर्णय बिहीबार देशभरीका प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्