तयार भयो को’रोना अस्पताल

नवराज कट्टेल, विराटनगर। विराटनगरमा को;रोना भाइरस उपचारका लागि अस्पताल सञ्चालनमा आएको छ। प्रदेश सरकारले विराटनगर–१० मा रहेको नेसनल ट्रेडिङको भवनमा कोसी अस्पताल अन्तर्गत को;भिड–१९ उपचार केन्द्र सञ्चालन मा ल्याएको हो । आईसीयू र भेन्टिलेटरका दससहित ५० शøयाको अस्पताल शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन गर्नुभयो ।

निर्माण सहित आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामग्री तथा मापदण्डको विषयमा विशेषज्ञ चिकित्सकसँगको परामर्श पछि अस्पतालबाट सेवा सुचारु भएको हो। पूर्ण अस्पतालको संरचना सहित आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरिएसँगै अब को’डिभ–१९ का बिरामीको उपचारका लागि समस्या नहुने मुख्यमन्त्री राईले स्पष्ट पार्नुभयो । प्रदेश सरकारले निर्माण गरेको अस्पतालको हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएको छ ।

वार्डलाई कन्ट्रोल रुमबाट निगरानी गरिने सुविधासँगै बिरामीको मोबाइलमा स्वास्थ्य सूचना पठाउन सकिने सुविधाको प्रबन्ध समेत गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमित बिरामीलाई मात्रै उपचारात्मक सेवा दिने उद्देश्य सहित निर्माण गरिएको अस्पतालको बाहिरी परिसरमा सुरक्षा पोस्ट, हेल्थ डेस्क, सामान आदानप्रदान कक्ष, कार्यालय र स्वास्थ्यकर्मी चेमनागृह रहेको छ ।

स’ङ्क्रमित बिरामीका लागि अस्पताल भित्रै चमेनागृह समेत निर्माण गरिएको छ । मुख्य मन्त्री राईको संयोजकत्वमा रहेको प्रदेश स्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिले गत चैत ७ गते को;भिड–१९ उपचार केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्