आजदेखि चितवन र बुटवलमा पनि काे’राेना परीक्षण गर्ने तयारी

काठमाण्डौ : सरकारले आइतबारदेखि चितवन र बुटवलमा पनि को;रोना भाइरस (को’भिड १९) को परीक्षण गर्ने तयारी गरेको छ । यसअघि जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरेको सरकारले आजदेखि चितवन र बुटवलमा पनि को;रोना परीक्षण गर्ने तयारी गरेको हो ।

योसँगै अझै धेरै जनाको को;रोना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यसअघि विदेशबाट आएकाहरुमा मात्र को;रोना देखिएको र अब नेपालमै रहेकामा पनि सङ्क्रमण देखिएकोले को;रोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै थप सजकता अपनाउन अनुरोध गर्नुभएको छ ।

को;रोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले थप सावधानी अपनाउन देवकाेटाकाे सुझाव छ । विशेषगरी विदेशबाट आएकाहरुलाई केही समय परिवारबाट अलग्गै बस्न उहाँले आग्रह गर्नुभयो । यस्तै लकडाउनको पालना गर्न पनि सरकारले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन वटा अस्पतालमा १५ जना र उपत्यकाबाहिर ५४ जना गरी ६९ जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

यस्तै शनिबारसम्ममा १५ सय २१ जनाको को;रोना परीक्षण गरिएकोमा १५ सय १२ जनामा कोरोना नभएको र ९ जनामा को;रोना भएको पाइएको छ । एक जना उपचार पछि निको भएका छन् भने चार जनाको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा, दुई जनाको बागलुङ र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार चलिरहेको छ । शनिबार विभिन्न ठाउँमा गरी अहिलेसम्मकै धेरै दुई सय २९ जनाको को;रोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्