श्रमिक परिवारको डेरामा रासन सहित सहरी विकास राज्यमन्त्री

काठमाडौँ, चैत २३ गते । लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासन सहित सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुग्नु भएको छ । “लक डाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं” भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्य मन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुग्नुभएको हो । हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको खबर गरेपछि मानन्धर त्यहाँ पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । खाद्यान्न पाएपछि हुसेनको परिवार निक्कै भावुक बनेको थियो ।

त्यस्तै, काे;राेना भाइरस अर्थात् काेभिड १९ काे स’ङ्क्रमणलाई समुदायमा फैलिन नदिन थप सचेत बन्न डाक्टरहरुले सुझाव दिएका छन् । शनिबार थप तीन जनामा काेराेना सङ्क्रमण पुष्टि भएपछि दाेस्राे चरणमा पुगेको र अब समुदाय–समु दायमा राेग फैलन नदिनेतर्फ गम्भीर बन्नुपर्ने अवस्था आएकाे डाक्टरले बताएका हुन् । साथै डाक्टरहरुले सङ्क्रमणकाे अर्काे चरणको कल्पना नेै नगरि सुरक्षाका सबै उपायहरु अपनाउन पनि आग्रह गरेका छन् ।

सरुवा राेग विशेषज्ञ डाक्टर बाबुराम मरासिनीले सङ्क्रमण समुदायमा थप फैलिने जाेखिम बढेकाे भन्दै सङ्क्रमणलाई राेक्न सचेतना अपनाउनुपर्ने बताउनु भयाे । उहाँले सङ्क्रमणकाे अबकाे अवस्था अनुमान गर्न नसकिने भन्दै चिन्ता समेत व्यक्त गर्नुभयाे। काे;राेना सङ्क्रमण दाेस्राे चरणमा प्रवेश गरेसँगै नियन्त्रण र राेकथामकाे चुनाैती थपिएको मरासिनीकाे भनाइ छ । व्यक्ति, परिवार र पालिका चनाखो भए सङ्क्रमण नफैलिने भन्दै उहाँले सबैले सचेतना अपनाउनुपर्ने बताउनु भयाे ।

सरकारले पनि अहिलेकाे अवस्थालाई गम्भीर रुपमा लिएर राेग फैलिन नदिन व्यवस्थापनलाई बढी ध्यान दिनुपर्ने उहाँको सुझाव छ। डाक्टर मरासिनीले विदेशबाट आएकाहरुकाे स्वास्थ्य जाँच, क्वरेण्टीनमा बसेकाे वा नबसेकाे निगरानी, उनीहरुले भेटघाट गरेका व्यक्ति को अवस्था, पालिकाबाट निगरानी, सम्भव भएसम्म सुरक्षाका उपाय अपनाएर महिला स्वयंसेविका परिचालन गरी घरघरमा सचेतना बढाउनु पर्नेमा जाेड दिनुभयाे । उहाँले क्वरेण्टीनमा बसेकाहरुले पनि आवश्यक सतर्कताका उपायहरु अपनाउनु पर्नेमा जाेड दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्