आफ्नो कार्यालय क्वरेण्टीन सेन्टर बनाउन शाहरुखको प्रस्ताव

काठमाण्डौ : बलिवुड अभिनेता शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउन प्रस्ताव गरेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । बालबालिका, महिला र वृद्ध वृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउने प्रस्ताव घोषणा गरेको खबरमा उल्लेख छ ।

बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्वि’टर ह्याण्डल बाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यस बारेमा केही लेखेका छैनन् । शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । भारतिय मिडियाका अनुसार उनले कार्यालयको चार तले भवननै क्वरेण्टीन सेन्टर बनाउन प्रस्ताव गरेका हुन् ।

सरकारी कोषदेखि ५०हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन्। भारतमा काेराेना भाइरसकाे प्रकाेप बढेसँगै विभिन्न कलाकार तथा व्यापारी हरुले सहयाेग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्