राहत बाँड्ने नाममा फोटो खिचाउन नआउन गाउँपालिकाको आग्रह

केदार शर्मा, चितवन । ज्याला मजदूरी गरेर आफ्नो परिवार पाल्दै आएका बिपन्न बर्गका परिवारलाई ईच्छाकामना गाँउपालिकाले राहात वितरण गर्न सुरु गरेको छ। को;रोना भाइरसको संक्रमण फैैलिन नदिन भन्दै सरकारले गरेको लकडाउन का कारण बिहान बेलुका खानकै लागि समस्यामा परेकाहरुलाई पहिचान गर्दै गाँउपालिकाले राहत वितरण सुरु गरेको हो ।

गाउँपालिकाले प्रत्येक वडाको टोल टोलबाट तथ्याङक संकलन गरेर बास्तविक पीडितलाई राहात वितरण गरेको गाँउपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा प्रत्यक टोलबाट डाटा संकलन गरेर एकद्धार प्रणाली मार्फत राहत बितरण सुरु गरेको हो । चेपाङ जातिको बाहुल्यता रहेको उक्त गाउँपालिकामा अधिकांश चेपाङ तथा अन्य जातजातिका मानिसहरु समेत ज्याला मजदूरी गरेर जीवन गुजारा गर्दै आएका छन् ।

चेपाङ जातिको बाहुल्यता रहेकै कारण उक्त गाउँ पालिकामा फोटो खिचाउनैका निमित्त र राहतको नाममा गाँउगाँउ बिभिन्न मानिस नछिरुन भन्दै एकद्धार प्रणाली लागू गरिएको गाँउ पालिकाकी अध्यक्ष गुरुङले बताउनु भयो । ‘यो बेला संसय हुनु पर्ने हो तपाईहरु सहयोग गर्न चाहनु हुन्छ भने हामीलाई सहयोग गर्नु, हामी तपाईको सहयोग सहि ठाँउमा पुर्याउने छौ ’ गुरुङले भन्नुभयो ।

यो अवस्थामा गाउँपालिकाले कुनै पनि जनतालाई भोकै बस्न नदिने भन्दै गुरुङले तछाड मछाड गर्दै राहत बितरण नगरि दिन समेत आग्रह गर्नुभयो । गाउँपालिकाले वडाध्यक्ष मार्फत राहत सामग्री बितरण गरेको छ । गाँउपालिकाले शनिबार मात्रै ५ वटा वडामा दातृ संस्था तथा आँफैले खरिद गरेको ४ हजार किलो चामल, ४सय लिटर तेल,७ सय किलो दाल,७ सय ५० किलो नुन र ५सय वटा साबुन वितरण गरिसकेको छ ।

शनिबार वडा नम्बर,३, ४, ५, ६ र ७ मा वितरण गरिसकेको र आईतबार बाँकी वडाहरुमा राहत बितरण गर्दै छ । गाउँपालिकाले बितरण गरेको राहत सामग्री सकिए सम्बन्धित वडासँग सम्र्पक गरेर राहत माग गर्न समेत गाँउपालिकाले आग्रह गरेको छ । गाउँ पालिकाले जनताहरुलाई पूर्णरुपमा लकडाउनको पालन गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्