अमेरिका लागे कलाकार सरोज खनाल

काठमाडौं : को;रोना भाइरस महामारीका कारण विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिक लाई उद्धार गरी धमाधम लगिरहेका छन् । यसै क्रममा अमेरिकाले आइतबार आफ्ना ३ सय ३ नागरिकलाई आफ्नो देश फर्काउँदै छ । त्यसका लागि आइतबार कतार एयरलाइन्सको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे थियाे।

त्यसमा नेपालमा रहेका ३ सय ३ अमेरिकी नागरिक अमेरिकाको डालास जाँदै छन् । त्यही क्रममा नेपाली मूलका अमेरिकी नागरिक कलाकार सरोज खनाल पनि अमेरिका उडेका हुन् । अहिले विश्वमै सबै भन्दा बढी को;रोना सं’क्रमण अमेरिकामा देखिएकाे छ ।

ताजा तथ्यांक अनुसार अहिले त्यहाँ को;रोनाबाट ३१ लाख १६ हजार ६ सय ३५ जना संक्रमित भइसकेका छन्। यस्तै त्यहाँ काेराेनाका कारण ८ हजार ४ सय ५४ जनाकाे मृ’त्यु भइसकेकाे छ। लकडाउनका कारण कैयौं विदेशी नागरिक नेपालमा रोकिएका छन्। जसलाई उनीहरुका देश अहिले स्वदेश फर्काइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्