यूएईको दुबई सहर दुई हप्ताका लागि लकडाउन, सबैलाई घरभित्रै बस्न आग्रह

यूएई : यूएईको दुबई सहर दुई हप्ताका लागि लकडाउन भएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि व्यापार– व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले उल्लेख गरेको छ ।

को;रोना सङ्क्रमण रोकथामका लागि सञ्चालन भएको राष्ट्रिय अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान सञ्चालन गरिनेछ । सबै ठाउँमा औषधि छर्कने भएकाले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरिएको छ । कोही पनि व्यक्ति अत्यावश्यक बाहेक बाहिर निस्कन पाउनेछैनन् ।

स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना लगायत अत्यावश्यक क्षेत्र भने खुला नै रहनेछन् । खानेकुरा किन्न पनि परिवारबाट एकजना मात्रै बाहिर निस्कन पाइनेछ । सबैलाई मा’स्क लगाएर सामाजिक दूरी कायम राख्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्