६ पूर्व प्रधानमन्त्रीलाई देउवाको प्रस्तावः को’रोना विरुद्ध एक जुट बनौं

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले को;रोना भाइरस (को’भिड १९) वि’रुद्ध ल’ड्न सवै पार्टी एकताबद्ध हुनुपर्ने बताएका छन् । आइतबार पूर्वप्रधान मन्त्रीहरुसँग टेलि फोनमा वार्ता गरेको बताउँदै सभापति देउवाले संकटबाट नेपालाई जोगाउन एकताबद्ध भई गम्भीर ढंगलले कार्य गर्नुपर्ने अपिल गरेको ट्वी’ट मार्फत् बताएका छन्।

देउवाले लेखेका छन् ‘लोकेन्द्रबहादुर चन्द, पुष्कमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसँग आज टेलिफोनमा संवाद गरेँ, आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एकताबद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपील गरेको छु।’

शेरबहादुर देउवाको स्टाटस जस्ताको तेस्तै: पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्र बहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें। आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु l

प्रतिक्रिया दिनुहोस्