को’रोना नियन्त्रणमा ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने सरकारको निर्णय !

काठमाडौं : आइतबार संहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले को;रोना नियन्त्रणमा देशभरका स्वयं सेविका परिचालन गर्ने निर्णय गरेको छ। देशभर ५० हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका रहेको र स्थानीयस्तरमा नै उनीहरूको पहुँच हुने भएकाले परिचालन गर्ने निर्णय भएको को;रोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जानकारी दिएको हो।

समितिको आइतबार संहदरबारमा बसेको बैठकले को;रोना नियन्त्रणमा देशभरका स्वयं सेविका परिचालन गर्ने निर्णय गरेको हो। यसरी खटिने स्वयं सेविकाको पारिश्रमिक र बीमाको व्यवस्था हुने प्रधान मन्त्री कार्यालयका सचिव तथा समितिका सदस्य सचिव नारायण बिडारीले बताए।

बैठकले वि’पद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार जिटुजीबाट विदेशी सरकारबाट किन्न सक्ने र कानुनमा तोकिए कै प्रावधान अनुसार प्रतिस्पर्धात्मक बाटोबाट निजी क्षेत्रबाट खरिद गर्न सक्ने गरी दुवै विकल्प अवलम्बन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्