लकडाउनमा ईंटाभट्टा चलाएको विषयमा झ’डप, १३ जना घा’इते

इटहरी: सुनसरीको दुहबीमा लकडाउनको अवस्थामा इँटा उद्योग सञ्चालन गरेको भन्दै वि’वाद उत्पन्न भएपछि आइतबार झ;डप भएको छ । झ’डपका क्रममा एकजना प्रहरीसहित १३ जना घा;इते भएका छन् । सुनसरीको दुहबी –९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उद्योग लकडाउनको समयमा पनि सञ्चालन गरेको भन्दै वि;वाद उत्पन्न भएपछि स्थानीय दुई समुहबीच झ’डप भएको छ ।

बिहान ८ बजे भएको झ;डपमा एक प्रहरी सहित एक दर्जन युवा घा’इते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घा’इ’ते छन् । इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीका अनुसार घा;इतेको अवस्था सामान्य छ । उनीहरुको अहिले दुहबी स्थित सुनसरी सामुदायिक अस्पताल र जीबनज्योति पोलिक्लिनिकमा उपचार भैरहेको छ ।

यता झ’डपमा घा’इते भएका ताजिब मियाँले लकडाउनकै बेला जयबाबा इँटा उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरु गाउँ घुम्ने गरेकोले जो’खिम बढेको बताउनु भयो । सो सूचना प्रहरी र संचार कर्मीहरुलाइ दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफूहरु माथि आ’क्रमण भएको उहाँको भनाइ छ ।

घरमा बसि रहेका बेला दुहबी ९ का वडाध्यक्षले तिमिहरुसँग काम छ भन्दै बोलाए पछि कुरा गर्न जाँदा इँटा उद्योग संचालन गरेको सूचना किन बाहिर दिएको भन्दै हुसैनकै समूहले कु’टपि’ट गरेको मियाँको भनाइ छ। यता वडाध्यक्ष हुसैनले भने आफुले कसैलाइ हा’त’पात नगरेको र कोही कसैलाई निर्देशन समेत नदिएको बताउँदै राहतको विषयलाई लिएर स्थानीयहरु बीच झ’ड’प भएको जानकारी आएपछि प्रहरीलाई खबर गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्