प्रहरीबाट गल्ती भएको छैन, दोषी भेटिए आस्था राउतलाई कारबाही: डीआईजी पोखरेल

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सीसीटीभी फुटेज हेर्दा प्रारम्भिक रुपमा प्रहरीबाट कुनै गल्ती नभएको पाइएको बताएका छन् । त्रिभुवन विमानस्थलमा चेक जाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले भिडियो मार्फत आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आ’रोप लगाउँदै प्रहरीलाई ‘ड’न्ठे’, ‘ब’न्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी थिइन् ।

उनले आफूलाई महिला प्रहरीले दु’र्व्यवहार गरेको आ’रोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्य’वहार गरेको आस्थाको आ’रोप थियो । तर, अनुसन्धानका क्रममा प्रहरीबाट कुनै गल्ती नभएको सीसीटीभी फुटेजमार्फत पुष्टि भएको डीआईजी पोखरेलले दाबी गरे ।

उनले भने, “विमानस्थल जस्तो अति संवेदनशील ठाउँमा सुरक्षा चेकजाँचको विषयलाई लिएर मुलुकको कलाकार जस्तो व्यक्तिले संगठनको बदनाम गर्नु दुखद हो । विमानस्थलको सुरक्षा संवेदन शीलतालाई ध्यानमा राखेर प्रहरीले आस्था राउत, अथवा राष्ट्रिय तहका उच्च ओहोदाका वा जो कोही हुन् चेकजाँच गर्छ ।

अनुहार हेरेर कानुनसँग सम्झौता गर्दैन ।” उनले यस विषयमा थप अनुसन्धान भइ रहेको बताउँदै भने, “अनुसन्धानका क्रममा दोषी भेटिए प्रहरीलाई र आस्था दोषी प्रमाणित भएमा उनलाई पनि का’रबाही गरिन्छ ।” डीआईजी पोखरलले अरुलाई सभ्यता सिकाउने एउटा सेलिब्रेटीले प्रयोग गरेको अमर्यादित शब्दले प्रहरी संगठनकै बदनाम गरेको र दुखी बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्