चितवनमा टेकु पछि दोस्रो ठूलो काे’राेना परीक्षण प्रयाेगशाला सञ्चालनमा !

चितवन,चैत २३ गते । राष्ट्रिय पंन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिषरमा को;रोना रोग भए नभएको पत्ता लगाउने को’भिड १९ प्रयोगशाला आइतबार देखि सञ्चालनमा आएको छ । मेडिकल सिटीको रुपमा विकसित भए पनि कोरो ना ल्याब नभएको भन्दै नागरिक स्तरबाट व्यापक दवाव भएपछि मन्त्रालयले यहाँ प्रयोगशाला राख्ने निर्णय गरेको थियो ।

प्राविधिकहरुको अध्ययन पछि पन्छी रोग अन्वेशण प्रयोगशालामा को;रोनाको परिक्षण गर्ने स्थापना गरिएको हो। प्रतिनिधि र प्रदेश सभा सदस्य, जिल्लास्थित दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी लगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ले बिरामीको स्वाब (नमुना) प्राबिधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गर्नु भयो । आइतबार एउटा नमुनामात्र प्रयोगशालामा परिक्षण गरिने छ ।

सो नमुना प्रदेश परिक्षण कार्यालय हेटौडाको प्रयोगशालामा समेत पठाईएको छ । प्रयोगशाला शुभारम्भको अबसरमा प्रतिनिधि सभाका कानुन, न्याय तथा मानबअधिकार समितिका सभापति कृष्ण भक्त पोख्रेलले स्थानीय, प्रदेश र संघिय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला संञ्चालनमा आएको बताउनु भयो । उहाँले चितवन र आसपासका बिरामीको नमुना परिक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताउनु भयो ।

भरतपुर महानगर पालिका प्रमुख रेनु दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्च स्तरको प्रयोगशाला संञ्चालनमा आएको बताउनु भयो । को;रोना अस्थायी अस्पताल निर्माण पछि रोग पहिचानका लागि प्रयोग शाला निर्माण गरिएको उहाँले बताउनु भयो । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला संञ्चालनमा आए संगै रोग नियन्त्रणमा प्रभाबकारी हुने बताउनु भयो ।

सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरि संञ्चालनमा ल्याईएको हो। प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा.कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना बिशेषज्ञ, प्राबिधिकहरु तयारी अबस्थामा रहेका छन्। एक सिफ्ट मा ९० वटा नमुना परिक्षण गर्न सकीने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पछिको देशकै उच्च स्तरको प्रयोग शाला स्थापना भएको भन्दै उहाँले क्षमता बिस्तार गरेर एकै दिनमा ९ सय वटासम्म नमुना परिक्षण गर्न सक्ने गरि प्रयोगशाला स्थापना गरिएको बताउनु भयो ।प्रयोगशाला स्थापना गर्नु पर्ने माग वढेर गएको थियो । गोरखापत्रमा शालिग्राम नेपालले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्