लक डाउनको मारमा परेका परिवारलाई एकै व्यक्तिले दिए ५ टन चामल

इनरुवा : इनरुवाका एकै व्यक्तिले इनरुवा नगरपालिकाको कार्यालयलाई ५ टन अर्थात ५ हजार किलो चामल सहयोग उपलब्ध गराएका छन् । इनरुवा १ का स्थानीय कविन श्रेष्ठले लक डाउनको मारमा परेका परिवारलाई वितरणको व्यवस्था मिलाउने गरी नगरपालिकाको कार्यालयलाई उक्त परिमाणको चामल उपलब्ध गराएका हुन् ।

नगरपालिकाले स्थापना गरेको फुड बैंकमा श्रेष्ठले सो खाद्यान्न सहयोग उपलब्ध गराएका हुन् । श्रेष्ठले आवश्यक परे थप सहयोग समेत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । कविन इन्टरनेशनल प्रालि. सोनालिका ट्याक्टरको तर्फबाट उपलब्ध गराइएको सहयोग इनरुवा नगरपालिका प्रमुख राजन मेहताले बुझेका छन् ।

इनरुवा नगरपालिकाले वडाका १० वटै वडाबाट विपन्न र गरिव परिवारको लगत संकलन गरिएको जनाएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार ५ हजार परिवारलाई राहत सामग्री उपलब्ध गराइने छ । नगर प्रमुख मेहताले सहयोग जुट्ने क्रम जारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्