मनकारी बाबुराम चौधरी जसले छोराको जन्मदिनमा बिपन्नलाई दिए १४ क्विन्टल चामल !

बेलबारी । थारु कल्याणकारीणि सभा बेलबारीका अध्यक्ष बाबुराम चौधरीले आफनो छोराको जन्मदिनमा १ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान गरेका छन। चौधरीले छोरा तेजेन्द्र चौधरीको ८ औँ जन्मोत्सवका अबसर मा मंगलबार बेलबारी ७ र ८ का बिपन्न समुदायका परिवारलाई सो चामल बितरण गरेका हुन ।

हरेक बर्ष छोराको जन्मदिनमा फजुल खर्च कटाएर बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका चौधरीले बिश्वमा फैलिएको को;रोना भाईरसको संक्रमणबाट देश लकडाउन भोगिरहेको अबस्थामा बिपन्न समुदाय भोकभोकै परेपछि आफुले ६० हजार बराबरको १४ क्वीन्टल चामल बितरण गरेको चौधरीले बताए ।

बेलबारी ९ घर भएका चौधरी बेलबारी १ मा बेतना पुस्तक पसल सञ्चालन गर्छन । उनले बेलबारीका आधा दर्जन बढी बिद्यालयमा बिपन्न बर्गका बिद्यार्थीलाई हरेक बर्ष शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका छन। थारु कल्याणकारीणि सभा बेलबारीका अध्यक्ष बाबु राम चौधरीले गरेको यो कार्यको चौतर्फी प्रसंशा गरिएको छ । पुर्बेली न्युज डटकमवाट साभार

प्रतिक्रिया दिनुहोस्