३ करोड जनसंख्यामा १५ सयको मात्र काे’राेना परीक्षण गरेर ढुक्क हुने अवस्था छैन : बाबुराम भट्टराई

काठमाडाैं, २४ चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका को’भिड १९ (को;रोना भाइरस)को परीक्षण एकदमै न्यून भएको बताउनु भएको छ। समाजिक सञ्जाल ट्वी’टर मार्फत उहाँले तीन करोड जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर को;रोनाबाट ढुक्क हुने अवस्था नभएको स्पष्ट पार्नु भएको छ ।

विदेशबाट लाखौं नेपाली भित्रिएको भन्दै द्रूत गतिमा परीक्षण बढाउन पर्ने उहाँको सुझाव छ । उहाँ लेख्नु हुन्छ, ‘विदेशबाट ला’खौं नेपाली भित्रिने स्थितिमा हामीले द्रूत परीक्षण बढाउनै पर्छ। स्यालको शिकार गर्न बाघको खजाना जो भनिन्छ !’ नेपालमा हाल सम्म को’भिड १९ (को;रोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा को;रोना भाइरस नेगेटिभ देखिएको छ ।

डा.बाबुराम भट्टराईको स्टाटस जस्ताको त्यस्तै : तीन करोड़ जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर को;रोनाबाट ढुक्क हुने अवस्था छैन ! यो भनेको प्रति एक लाखमा ५ जना हो ! जबकि दक्षिण कोरियामा यो अनुपात ८२२, इटालीमा ८३८, यूकेमा २११ छ। विदेशबाट लाखौं नेपाली भित्रिने स्थितिमा हामीले द्रूत परीक्षण बढाउनै पर्छ। स्यालको शिकार गर्न बाघको खजाना जो भनिन्छ!

प्रतिक्रिया दिनुहोस्