ग्रीनकार्ड जोगाउन अमेरिका उडे अभिनेता सरोज खनाल

काठमाडौं : को;रोना भाइरस महामारीका कारण विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिक लाई उद्धार गरी धमाधम लगिरहेका छन् । त्यही क्रममा नेपाली मूलका अमेरिकी नागरिक कलाकार सरोज खनाल पनि अमेरिका उडेका हुन् । करिव ५ बर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा अभिनेता सरोज खनालले बुढ्यौली समय स्वदेशमा बिताउन फर्किएको बताएका थिए ।

उक्त समय टेलिभिजन कार्यक्रममा प्रस्तोताले नेपाल बृद्धाआस्रम हो र भनेर प्रश्न गरेको बिषय निकै बिवादमा चर्चामा छाएको थियो । उक्त बि’वादपछि अभिनेता सरोज खनालले अवको समय समय आफ्नो देश नेपालमै कलाकारिता गरेर बस्ने बताएका थिए । सोही कारणले पनि धेरै निर्माताले उनलाई फिल्मको अफर समेत लगातार दिए । तर, अहिले आएर अभिनेता फेरि अमेरिका उडेका छन् ।

अमेरिकी सरकारले बिदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको कारण सरोज पनि आइतबार अमेरिका उडेका हुन्। अमेरिकाको ग्रीनकार्डका कारण उनी अहिले अमेरिका उडेको बुझिएको छ। अमेरिकाको सुख सुबिधा छाडेर श्रीमती सहित नेपाल फर्किए को बताएर सो समय सबैको सहानुभुतिका पात्र बनेका सरोज अहिले फेरि अमेरिका उडेका हुन् । सरोजका छोरा र श्रीमती केही पहिले देखिनै अमेरिकामै रहेका छन् । रातोपाटिमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्