चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्छ : मन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले को;रोना भाइरस बिरुद्धको ल’डाइँमा अघिल्लो प’ङ्तीमा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनु पर्ने बताउनु भएको छ । मन्त्री ढकालले चिकित्सक र स्वाथ्य कर्मीको व्यक्तिगत सुरक्षा सामग्री अभाव हुनै नदिने प्रतिबद्धता व्यक्त गर्दै को;रोना बिरुद्ध लड्न नागरिकको साथ र सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

मन्त्री ढकालले नेपाल भारत मानव विकास मैत्री संघ र एनएमबी युकेको तर्फबाट प्राप्त एक हजार थान व्यक्ति गत सुरक्षा सामग्री (पीपीई) सहयोग ग्रहण गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइत बार आयोजित कार्यक्रममा मन्त्री ढकालले भन्नुभयो “नागरिका तर्फबाट प्राप्त हुने सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल अझ बढाउँछ।” उहाँले विषम परिस्थितिमा पनि दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी काठमाडौँ बाहिर परीक्षण प्रयोगशालाहरू स्थापना गरिएको बताउनु भयो।

उहाँले कोरोनाको विरूद्ध उच्च सतर्कता र सावधानीसाथ काम सरकारले गरिरहेको चर्चा गर्दै सबै मिलेर हातेमालो गर्दा नै को;रोना बि’रुद्ध सफलता हात लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रोगबाट जोगिन सकियो र नेपाली जनतालाई पनि बचाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिन्छ । अहिले हिलो छ्याप्ने काम बन्द गरौं ।” ए

नएमबी युकेले चीनबाट ल्याएको सात सय थान र नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पीपीई मन्त्रालयलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी युकेका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाल लगायत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्