जापानका प्रधानमन्त्रीद्वारा १ महिना आ’पतकाल घोषणा

टोकियो । को;रोना भाइरस (को’भिड –१९) को प्र’कोपलाई जापानी प्रधानमन्त्री आबे शिन्जोले संक्रमण प्रभावित ७ वटा प्रान्तमा आ’पतकालीन अवस्था घो’षणा गरेका छन् । आ’पतकालीन अवस्था मंगलबार देखि आगामी एक महिनासम्म लागू हुने भएको छ ।जसअनुसार आगामी मे ६ तारिखसम्म त्यस्तो आ’पतकाल लागूहुने भएको छ ।

सं’कटकालीन अवस्था लागू हुने प्रिफेक्चरहरुमा राजधानी टोकियो, साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओका रहेको साेमबार साँझ आ’योजित पत्रकार स’म्मेलनमा प्रधानमन्त्री आबे शिन्जोले बताएका छन् । अहिले सम्म जापानमा तीन हजार पाँच सयभन्दा धेरै मानिसमा को’रोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

साथै यसबाट ज्यान गु’माउनेको संख्या पनि ८५ पुगेको छ । अन्य मुलुकको तुलनामा जापानमा यो भाइरसको विस्तार कम हो । तर, पछिल्लो केही समययता भने जापानमा संक्रमितको संख्या भने बढिरहेको छ । विशेषगरी जापानको टोकियोमा उल्लेख्य संख्यामा संक्रमित बढेका छन् । अहिले टोकियोमा मात्र एक हजारभन्दा धेरै को’रोना भाइरसका संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्