नेपाल भित्रियो होन्डा ‘यूनिकर्न १५०’, एबिएसको साथमा उत्कृस्ट मूल्य

काठमाडौं । नेपाली बजारमा लामो समयसम्म १५० सीसी सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गरेको मोटरसाइकल होन्डा यूनिकर्न १५० पुनः नेपाली बजारमा भित्रिएको छ। केहि सयम बिक्री बन्द भएको यो मोटरसाइकल कम्पनीले भित्र्याएको हो। होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले यो मोटरसाइकलको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

यसका साथै कम्पनीले स्क्याच अफरसमेत ल्याएको छ । यो अफरमा ४ हजारदेखि १ लाख सम्म जित्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा फेमेली मोटर साइकलको रुपमा लोकप्रिय रहेको यो मोटरसाइकल सबै वर्ग र उमेर समूहका ग्राहकले रुचाएको मोटरसाइकल पर्छ । कम्पनीले सीबी यूनिकर्नको ग्राफिकमा परिर्वतन गरेर बजारमा उतारेको छ भने, मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।

नयाँ यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयर कूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपी एममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ ।

यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ। यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ। यो मोटरसाइकल को फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । नेपाली बजारमा लामो समयसम्म १५० सीसी सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गरेको मोटरसाइकल होन्डा यूनिकर्न १५० पुनः नेपाली बजारमा भित्रिएको हो।

प्रतिक्रिया दिनुहोस्