को हुन् नेपाल राष्ट्र बैंककाे १७ औँ गभर्नर बनेका महाप्रसाद अधिकारी ?

काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको हो । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले पूर्व अर्थ सचिव राजन खनाल, पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम आगामी गभर्नरको लागि सिफारिस गरेको थियाे।

तीनजना मध्येबाट सरकारले पूर्व डेपुटी गभर्नर समेत रहेका अधिकारीलाइ गभर्नरमा नियुक्त गरेकाे हाे। को;रोनाको संक्रमणका कारण देशभर लकडाउन भएको र हाल बजेटरगी समस्या भन्दा पनि मौद्रिक समस्या बढी भएकोले गभर्नरको टट्कारो आवश्यकता मह सुस भएपछि सरकारले नयाँ गभर्नर नियुक्त गरेकाे हाे। त्यस्तै लगानी बोर्डका सिइओ समेत रहेका महाप्रसाद अधिकारी यसअघि पनि गभर्नरमा सिफारिस भइसकेका थिए।

उनी निवर्तमान गभर्नर डा चिरन्जीवी नेपालसँगै गभर्नरका लागि डा. रामशरण महत अर्थ मन्त्री हुँदा सिफारिसमा परेका थिए। नेपाल राष्ट्र बैंकमा गभर्नर हुँदा डा युवराज खतिवडालाई सफल बनाउन अधिकारीको मुख्य भूमिका रहेको डा खतिवडाले नै भन्दै आएका छन्। अधिकारी यसअघिको गभर्नर नियुक्त हुँदा पनि गभर्नरको सिफारिसमा परेका थिए ।

को हुन् अधिकारी ?

महाप्रसाद अधिकारी लगानी बोर्डका सीईओ हुन्। लगानी बोर्डमा उनको कार्यकाल अगामी असारसम्म रहेको छ।उनी योभन्दा अगाडि पनि गभर्नर नियुक्तिका लागि पनि सिफारिस भएका थिए। उनीसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव छ। नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर समेत भएका अधिकारीले सन् १९९३ मादी इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरेका छन्।

अधिकारी वि.सं.२०२० सालमा खोटाङमा जन्मिएका हुन्। गभर्नरमा नवनियुक्त अधिकारी नेकपानिकटस्थ मानिन्छन्। नेकपामा पनि उनलाई माधव कुमार नेपालनिकट मानिन्थ्यो। राष्ट्रबैंकमै डेपुटी गभर्नर हुनुअगाडि उनी नेपाल निकट मानिन्थे। उनी डेपुटी गर्भनर हुँदा तत्कालीन समयमा गभर्नरमा युवराज खतिवडा थिए। उनले खतिवडासँग नजिक रहेर काम गरेका थिए। अहिले अर्थमन्त्रीमा उनै खतिवडा छन्।

सोही कारण पनि खतिवडाले अधिकारीलाई रोजेका हुन् । विज्ञताको आधारमा उनलाई राम्रो मानिन्छ। लगानी बोर्डमा उनले आफ्नो कार्य कुशलता राम्रैसँग देखाएका छन् । बोर्डमा अधिकारीको सीईओको कार्यकाल असार सम्म थियो। केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बोर्डको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्