वास्तविक भोका श्रमजीवी जनता लाई राहत वितरण प्रभावकारी बनाउन आग्रह

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवारलाई राहत वितरण प्रभावकारी बनाउन आग्रह गरेका छन् । सोमबार एक अपिल प्रकासित गरी नेता नेपालले अझै पनि वास्तविक भोका श्रमजीवी जनता बीच पुग्न बाँकी भएमा पुग्न, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तिमा गरीखाने वातावरण नहुन्जेल कायम राख्न पनि आग्रह गरेका छन्।

यस्तै, नेता नेपालले को;रोना संक्रमण वि’रुद्ध राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्न सरकारसँग माग गरेका छन्। ‘परीक्षणको दायरालाई फराकिलो बनाउन, चिकित्सकहरू, फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरू, सुरक्षा प्रदान गर्ने सुरक्षा कर्मीहरू तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सु’रक्षामा थप ध्यान दिन तथा अत्यावश्यक उपभोग्य बस्तुको मूल्य बृद्धि एवम् अभाव हुन नदिन तीनै तहका सरकारहरू सहित स’म्बन्धित सबैको पुनः ध्यानाकर्षण गराउॅ छु’ उनले भनेका छन्।

नेता नेपालले हाल सम्म गरिरहेको प्रयासका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै राज्यका परिभाषित काम गर्ने अं’गहरूको सवलिकरण एवम् उच्च मनोवल सहितको द्रुत परिचालन, कुनै प्रकारको सं’शय वा द्वि’विधा उत्पन्न नहुने निर्णय प्रक्रिया, नेतृत्वका बीचमा पर्याप्त छलफल र विश्लेषण, बिशेषज्ञ सेवाको पूर्ण उपयोग, समाजका सबै तह, वर्ग र समुदायको विश्वास आर्जन गर्ने कार्य प्रणाली, जिम्मेवारी पूर्ण अभिब्यक्ति, अन्तर्राष्ट्रिय सहयोगको समन्वय जस्ता बिषयमा देखिएका कमजोरी तत्काल स’च्याएर जनताको विश्वास जित्न नेपाल सरकारको बिशेष ध्यानाकर्षण समेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्