राहत वितरणको फोटो खिच्न नपाइने !

स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ। नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो । जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने÷खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।

संदेनशील घडीमा मानवीय संवेदनलाई मध्येनजर राख्ने भन्दै सो निर्णय गरिएको हो । समाचार तथा सामाजिक सञ्जालमा प्रचार–प्रसारले मानिसको मौलिक अधिकार माथि ठाडो हस्तक्षेत रोक्नका लागि फोटो नखिच्ने निर्णय गरिएको हो । वालिङ नगर पालिकाको नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन–२०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ स्थानीय तहलाई आवश्यक कार्यविधि निर्माण गरी लागू गर्ने अधिकार दिइएको छ । को;रोना संक्रमणको असहज परिस्थितिमा दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति तथा लकडाउनका कारण दैनिक गुजारा चला उन नसकेका ब्यक्तिहरुलाई लकडाउन अवधिमा जीवनयापनका लागि अत्यावश्यक दैनिक खाद्य सामग्री, जिन्सी, राहत प्याकेज उपलब्ध गराउँदा अब कार्यविधि अनुसार हुनेछ ।

राहत वितरण प्रक्रियालाई प्रभावकारी, विश्वासनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण तथा व्यवस्थापन कार्यविधि मार्गदर्शक हुने वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए । कार्यविधिमा भनिएको छ, ‘नगरभित्रका १४ वटै वडा अध्यक्षको संयोजकत्वमा गठित समितिले आ–आफ्नो वडामा रहेका गरिब, विपन्न परिवार र दैनिक ज्यालादारी गरेर बिहान–बेलुका छाक टार्ने परिवार र व्यक्तिहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले सिफारिस गरी नगरपालिका कार्यालयमा पठाउनेछ ।

नगरपालिकामा उपलब्ध गराएपश्चात नगरपालिकाले दैनिक खाद्य सामग्री सहितको एकमुष्ठ प्याकेजको कुपन वडालाई उपलब्ध गराउने छ ।’ नगर पालिकाबाट प्राप्त भएको कुपन वडाले सम्बन्धित ब्यक्ति वा परिवारलाई उपलब्ध गराउने र कुपन प्राप्त गर्ने ब्यक्ति वा परिवारले नजिकको पायक पर्ने पसलमा कुपन दिई कुपनमा उल्लेख भए बमोजिमको खाद्य सामग्री प्राप्त गर्ने ब्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्