भारतबाट आएका एक वडाध्यक्ष क्वारेन्टाइनमा भर्ना

जनकपुरधाम, २४ चैत। धनुषाका एक वडा अध्यक्ष क्वारेन्टाइनमा भर्ना भएका छन्। जिल्ला जनकनन्दनी नगर पालिका वडा नम्बर २ का वडाध्यक्ष भोगेन्द्र पाठक क्वारेन्टाइनमा भर्ना भएको क्वारेन्टाइनका फोकल पर्सन अयोधी दासले जानकारी दिएका हुन् । वडाध्यक्ष पाठक आइतबार छिमेकी मुलुक भारतको मधुवनीबाट दिउँसो घर फर्केपछि क्वारेन्टाइनमा भर्ना भएका छन् ।

विश्वभर म’हामारीको रुपमा फैलिहरेको को;रोना भाइरसको संक्रमित भारतमा समेत बढी संख्यामा देखिएपछि को;रोना हुन सक्ने आशंकामा वडाध्यक्ष पाठकलाई क्वारेन्टाइनमा राखिएको छ । वडाध्यक्ष पाठक भारतबाट फर्केपछि स्थानीय त्रसित बनेका थिए। इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडाध्यक्ष पाठक भारतबाट आएपछि गाउँले त्रसित बनेको खबर गरेपछि प्रहरी निरीक्षक देवेन्द्र रोकायाले निजलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिका प्रमुखसँग छलफल गरेका थिए।

स्रोतका अनुसार वडाध्यक्ष पाठकलाई जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा राख्ने विषयमा सहमति जनाए पनि स्थानीयको दबाबछि प्रहरी निरीक्षक रोकायाले क्वारेन्टाइनमा बस्न सुझाए। त्यसपछि उनी जनकनन्दनी गाउँपालिका–४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थाप ना गरिएको क्वारेन्टाइनमा भर्ना भएका छन्।

वडाध्यक्षसँगै उक्त क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ९ पुगेको छ। गाउँपालिकाले त्यहाँ २० वार्ड भएको क्वारेन्टाइन निर्माण गरेको छ। क्वारेन्टाइनमा वडाध्यक्ष बाहेक ८ जना खाडी मुलुक र भारतबाट फर्केकाहरु छन्। भर्ना भएका सबैका लागि गाउँपालिकाले खाना र अन्य व्यवस्थापन मिलाएको फोकल पर्सन दासले बताए। न्युज २४ नेपालबाट साभार

प्रतिक्रिया दिनुहोस्