गुल्मीबाट सिक्ने कि राहत बाड्ने तरिका ?

गुल्मी : को;रोना भाइरस (को’भिड –१९) को रोगथामका लागि जिल्लामा निषेधाज्ञा लम्बिएपछि विपन्न, गरीव तथा ज्यालामजदुरी गर्ने मानिसहरु लक्षित गरी राहत सामग्रि उपलब्ध गराउन शुरु गरिएको छ ।राहत वितरण नजिक रहेर बाँड्दै फोटो खिचाउँने गरेको आलोचना भइरहदा गुल्मीम भने दुरी कायम गरि राहत वितरण गरिएको छ ।

जिल्ला १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले नगरपालिका र गाउँपालिका मार्फत उपलब्ध गराएको खाद्यान्न बितरण गर्न थालेका हुन् ।पालिकाहरुले बितरण गर्ने राहत समग्रिहरुमा चामल, दाल, नुन र तेल, साबुन लगायत रहेका छन् । उनीहरुले परिवार संख्या को आधारमा दश किलोदेखि ३० किलोसम्म राहत सामग्रि उपलब्ध गराउँदै आएका छन् ।

गुल्मीमा सोमवारसम्म राहत सामग्रि लिने विपन्न व्यक्तिहरुको संख्या छ हजार नाघेको छ ।प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माका अनुसार सोमवार सम्म जिल्लामा छ हजार १ सय ६१ जनालाई राहत सामग्रि बितरण गरि सकिएको छ । जिल्ला प्रशासन कार्या लयको पछिल्लो तथ्यांक अनुसार १२ वटा स्थानीय तहहरुले बितरण गरेको चामल, नुन, तेल र दालको परिमाण २ सय ९१ क्वीण्टल रहेको छ ।

धेरै जसो स्थानीय तहमा टोलटोलमा पुगेर जनप्रतिनिधिहरुको रोहवरमा त कतिपय ठाउँमा सार्वजनिक स्थानहरुलाई प्रयोग गरि राहत बितरण गरिएको छ। स्थानीय तहहरुले जिल्लामा राहत बितरण गर्ने जानकारी गराएपछि राहत दिनका लागि वितरण स्थलमा मानिस हरुको भिडभाड समेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्